पानीमा डुबेर एक बालिका सहित दुई जनाको मृत्यु

0
646

बिराटनगर।

सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिका सहित दुई जनाको मृत्यु भएको छ ।

घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका–८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बीच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here