एकैदिन मेचीनगरबाट आधादर्जन बढिले कोरोना जिते

१ आश्विन २०७७, बिहीबार मा प्रकाशित

लक्ष्मी उप्रेती / मेचीनगर ।

झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा तीनमहिलासहित सातजना रहेका छन् ।

यसरी डिस्चार्ज हुनेमा मेचीनगर ७ का २३ वर्षीया, ६ की १८ वर्षीया तथा १० की २५ वर्षीय एक ÷ एकजना महिला रहेको आइसोलेन प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मेचीनगर ८ का १५ वर्षीय किशोर, ६ का २६ र ३८ र ४७ वर्षीय एक ÷एकजना पुरुष समेत डिस्चार्ज भएको सापकोटाको भनाई छ ।

पीसीआर परीक्षणका लागि भदौ २९ गते उक्त आइसोलेसन सेन्टरमा रहेका ९ जनाको थ्रोड स्वावको नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभागमा पठाइएको थियो । विहीबार प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा अन्य दुईजना बाहेक सवैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टाइनमा बस्ने गरी सवैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ । मेचीनगर १० का ३५ र २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । हाल आइसोलेसनमा चारजना रहेका छन् ।

यो संगै उक्त आइसोलेसन सेन्टरबाट मात्र नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमणबाट मुक्त भएर डिस्चार्र्ज हुनेको संख्या २३ पुगेको छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राई, आइसोलेसन प्रमुख सापकोटा मेचीनगर ४ र ६ का वडाध्यक्ष क्रमस नवीन वराल सन्तोष मेचेलगायतले उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here