गरामनीमा नेक्स्ट लेभल फिटनेस सेन्टर स्थापना

१ आश्विन २०७७, बिहीबार १५:३७ मा प्रकाशित
  • 295
  •  
  •  
  •  
  •  
  •  
  •  
    295
    Shares

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

Advertisement

झापाको विर्तामोड नपा –८ गरामनीमा नेक्स्ट लेभल फिटनेस सेन्टर स्थापना भएको छ । स्थानीय गोविन्द दाहालले ३० लाख रुपैयाँको लगानीमा नेक्स्ट लेभल फिटनेस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

 

विश्वकर्मा पूजाको अवसर पारेर सञ्चालनमा ल्याइएको नेक्स्ट लेभल फिटनेस सेन्टरको विहीवार बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले शारीरिक व्यायाम नगरेर आम नेपाली रोगी भएको भन्दै निरन्तर व्यायाम गर्न सुझाव दिए ।

 

कार्यक्रममा जिम तथा फिटनेस व्यवसायी संघ झापाका अध्यक्ष गंगालाल गुरुङले फिटनेस सेन्टरभित्रको वातावरण स्वस्थ हुने भएकाले शारिरीक व्यायामले मान्छेलाई स्वस्थ बनाउने भएकाले शारिरीक व्यायाम गर्नुपर्ने बताए । कोरोना जस्ता विभिन्न भाइरसको संक्रमणबाट बच्न पनि शारिरीक व्यायाम गर्न जरुरी भएको उनले बताए ।

 

 

कार्यक्रममा नेक्स्ट लेभल फिटनेस सेन्टरका सञ्चालक गोविन्द दाहालले गरामनीमा फिटनेस सेन्टर नभएको र यहाँका युवा–युवती शारिरीक व्यायाम गर्न विर्तामोड या चन्द्रगढी जानुपर्ने वाध्यताको अन्त्य गर्दै आफूले गरामनीमा नेक्स्ट लेभल फिटनेस सेन्टर सञ्चालनमा ल्याएको बताए ।

नेक्स्ट लेवल फिटनेस सेन्टरमा आउने सेवाग्राहीलाई स्वास्थ्य प्रशिक्षणदेखि व्यायाम र उपकरणको प्रयोगबाट स्वस्थ बन्ने प्रक्रियाहरु प्रशिक्षक प्रशिद्ध भक्तराज लावरले सिकाउने र आधुनिक फिटनेस सेन्टरमा हुने सबै सुविधा उपलव्ध गराइने सञ्चालक दाहालले बताए ।

 

 

कार्यक्रममा शारिरीक सुगठनका साउथ एसियन च्याम्पियन उमेश राई, शारिरीक सुगठनका गोल्डमेडलिष्ट राम दाहाल , शारिरीक सुगठनका राष्ट्रिय खेलाडीहरु ललित धिमाल , तुलबहादुर श्रेष्ठ , जिम तथा फिटनेस व्यवसायी संघ झापाका उपाध्यक्ष चन्द्र रानामगर लाफा ,कोषाध्यक्ष निशा पोमु लिम्वू , सदस्यहरु ख्याम श्रेष्ठ , सुनिल राजवंशी , डिजे क्रिश , समाजसेवी सन्तोस पाण्डे लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन जिम तथा फिटनेस व्यवसायी संघ झापाका सचिव राजु दाहालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here