विदेशमा बसेर नेपाललाई हेर्दा निराशै निराशा

१ आश्विन २०७७, बिहीबार मा प्रकाशित

झण्डै ४० लाखको हाराहरीमा नेपालीहरु रोजगारी, अध्ययन, ब्यवसाय र बिबिध कामले गर्दा बिदेशमा बस्दछन् । बिदेशमा रहेका यी नेपालीहरुलाई नेपालको अवस्था कस्तो छ भन्ने लाग्दो हो ? यो आलेखमा आजको दिनमा बिदेशमा बसेर नेपाललाई हेर्दा नेपालको बर्तमान अवस्था र भविश्य कस्तो देखिन्छ ? यसै बिषयमा केही अनुभब साट्ने प्रयास गरेको छु ।

दुबईको बरदुबई स्थित नेपाली चोकमा भेटिने एउटा सर्बसाधारण नेपालीलाई सोध्नुस्, नेपालको बर्तमान अवस्था कस्तो देख्नु हुन्छ ? ऊ कुनै पनि बिन्दुमा खुशी ब्यक्त गर्न सक्दैन र भन्छ, ’बरबाद छ, नेताहरुले खत्तम पारे’ । ऊ खुशी नहुनु नै नेपालको भविश्यको ठुलो सुचक हो । जनतालाई नै केन्द्रबिन्दु मानेर राजनीति गर्ने नेताहरुलाई यो बेखुसीले दुख्नु पर्ने हो । साँच्चै नै निष्ठाको राजनीति गर्नेहरुलाई यो भन्दा ठुलो परिक्षा अर्को के हुन सक्छ र ?

नेपाल मुलुक अस्तब्यस्त छ । एक, राजनैतीक अस्तब्यस्तता र अर्को आर्थिक अस्तब्यस्तता । चुनावताका निकै मौलाएको ‘समृद्दि’ शब्दको बाधक मुलत पहिलो कारण अर्थात राजनैतीक अस्तब्यस्तता नै हो भने अहिलेको विश्वमाहामारीले सिर्जित आर्थिक अस्तब्यस्तता अर्को कारण । नेपाल बाहिर बसेर हेर्दा होस् या नेपाल मै बसेर हेर्दा पनि यी दुबै अस्तब्यस्तता नेपाल र नेपालीको समृद्दिको लागि घातक सुचक हुन् ।

एउटा नेपाली उक्ति छ, ’कि पढेर जानिन्छ, कि परेर जानिन्छ’ भन्ने । यो उक्ति नेपालको राजनीतिमा सधैं सान्दर्भिक लाग्छ । नेपाल जस्तो अल्पबिकशित देशको अवस्था बारे अध्ययन गरी बिशेषज्ञता हासिल गरेका डा बाबुराम भट्टराइ पढेका प्रधानमन्त्री बने भने बर्तमान नेकपाका अध्यक्ष केपी ओली राजनीतिमा १४ बर्ष जेल ’परेर’ प्रधानमन्त्री बनेका छन् ।

ससदीय निर्वाचनमा जनताको मत ’परेर’ जानेका राजनीतिज्ञ केपी ओलीको पक्षमा खस्यो । अहिले देशको बागडोर उनैको हातमा छ । जनताले पनि पढेर भन्दा परेर नै जानेका बढी अनुभबी होलान भनेर ओली र उनको पार्टीलाई जिताए । चुनावताका ओलीको समृद्दिको नारा खुबै बिक्यो । चुलो चुलोमा ग्याँस, नेपालको आफ्नै पानी जहाज, चीनको चुच्चे रेल, काठमाण्डौको मोनोरेल देखि कोही पनि जनता भोकै बस्नु नपर्ने ओलीको भाषण निकै लोकप्रिय बन्यो । जनतामा ठुलो आशा र उत्साह पलायो । अब देशमा केही न केही परिवर्तन हुन्छ भन्नेमा जनता आशाबादी भए । त्यही लोकप्रियताले एक हदसम्म चुनाबी माहोल नेकपाको पक्षमा धकेलिएको हो । तथापि दुई ठुला पार्टी तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र बिच भएको एकता प्रमुख कारण त छँदै थियो ।

जनतामा छाएको त्यो आशा अहिले चराम निराशामा परिणत हुने क्रममा छ । प्रधानमन्त्री ओली बिगतमा उनैले गरेको भाषाणको ट्रोल आफैँ बन्ने गरेका छन् । कोही पनि जनता भोकै बस्नु पर्दैन भन्ने ओलीराजमा बिहान बेलुकै सडकमा बसेर भात दाल थापेर खाने नेपाली जनताहरुको तस्बीर र भिडियोहरु हेर्नु पर्दा जनतामा बर्तमान सरकार प्रतिको भरोषा टुट्ने क्रममा छ । सामाजिक सँजालहरुमा प्रशँसा भन्दा बढी आलोचना हुने गरेको पाईन्छ ।

पछिल्ला दिनहरुमा सत्ताधारी पार्टी नेकपामा देखिएको बिबाद निराशाको अर्को कारण हो । जनताले भरोषा गरेर देश बिकास गर्न झण्डै दुई तिहाइ मत दिएर ५ बर्षको लागि शासन गर्न पठाएको पार्टी फुट नजिक पुग्नुले जनतामा आक्रोश र निराशा दुबै थपिदियो । यो निरशाको खाल्डोलाई पुर्न सत्ताधारी पार्टीलाई थप कति मेहनेत गर्नु पर्ने हो आगामी निर्वाचनले देखाउने नै छ ।

बिदेशमा बसेर नेपालका बारेमा यसरी दिनहुँ जस्तो निराशाका समाचारहरु मात्र पढिन्छन् । सामाजिक सँजाल निराशै निराशाले भरिएको देखिन्छ । यसले गर्दा बिदेशमा रहेका नेपालीहरुको नेपाल फर्कने र नेपालमै केही गर्ने योजनाहरुमा ठेस लागेको छ । सानोतिनो पुँजी लगानी गरेर देशको आर्थिक बिकासमा योगदान पुर्याउने उनिहरुको सपनामा तुषारापात भएको छ । आज कोही पनि नेपालीहरु स्वच्छाले देश फर्कन चाहँदैनन् । स्वेच्छाले नेपाल फर्केकाहरु पनि पछुतो मानिरहेका भेटिन्छन् । नेपाल सरकार र बर्तमान सत्ताधारी पार्टीको लागि यो पनि गतिलो सुचक हैन ।
कोभिड-१९ महामारीले बैदेशिक रोजगारीमा रहेका झण्डै १ लाख नेपालीहरु रोजगारी गुमाएर नेपाल फर्कने आशामा बसेका ६ महिना भन्दा बढी भयो । नेपाल सरकार किस्ताबन्दीमा निर्णय गर्दै बसिरहेको छ । नेपाल फर्कने हवाईजहाज छैन । भए पनि टिकटको मुल्य किन्न ‘हुने’ हरुले घरबाट मगाएर जानु परेको छ भने केही पनि नहुनेहरुले यतै मर्नु पर्ने अवस्था छ । सरकारको यस्तो कृयाकलापले बिदेशमा रहेका नेपालीहरुमा चरम निरशा पलाएको अवस्था छ ।

कोभिड-१९ को कारण विश्वको उत्पादन बृदिदर नकारात्मक छ । छिमेकी भारतको बृदिदर ९ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको अवस्थामा नेपालको उत्पादन बृदि हुनेमा कुनै आशा छैन् । तथापि नेपाल आँफैमा कृषिप्रधान देश भएकोले संसारलाई परेको असर जती नै नेपाललाई पर्नु स्वाभाबिक हो भनेर भन्नु मुर्खता हुनेछ । नेपालको ६० प्रतिशत भन्दा बढी जनताहरु अहिले पनि कृषिमा निर्भर छन भने २५ प्रतिशतको हाराहारीमा नेपालको ग्राहस्थ उत्पादन कृषिले ओगटेको छ । उद्योगले बाँकी १३ प्रतिशत, सर्भिस क्षेत्रले ५१ प्रतिशत अन्य क्षेत्रले ११ प्रतिशत ओगटेको अवस्था छ । यस्तो अवस्थामा कृषिमा जोड दिन सकियो भने अन्य क्षेत्रमा भएको घाटाको केही प्रतिशत कृषिले पुर्ति गर्न सक्थ्यो । तर बजारमा रसायनिक मलको अभाब छ । रसायनिक मलमा उत्पादन गर्ने बानी परेको हाम्रो बालीनालीले पनि राम्रो उत्पादन दिने सुचक देखिएन । बिदेशबाट फर्केकाहरुलाई ऋण दिने भनेर सरकारले नीति त बनायो तर ऋण प्रबाहमा सरलता देखाएन । तसर्थ कोही पनि नेपालीहरु ब्यवसयिक लगानी गर्न तयार भएनन् । तयार भएकाहरुले लगानी गर्ने ऋण र बाताबरण नै पाएनन् । बिदेशबाट केही गर्छु भनेर नेपाल फर्किएकाहरु निराश छन् ।

यसरी एकातिर बिदेशमा बस्ने लाखौं जनताहरु सरकार प्रति रुष्ट छन भने बिदेशबाट फर्केर सानो तिनो पुँजी लगानी गरेर नेपालमै केही गर्छु भन्नेहरु पनि खुशी हुन सकेनन् । अर्थात उनिहरुलाई बर्तमान दुई तिहाई सरकारले खुशी बनाउन सकेन । मलेशिया र खाडीमा मात्र गरेर श्रम बेचिरहेका झण्डै २० लाख नेपालीहरु छन् । ती सबै उमेर पुगेका बालिग मतदाताहरु हुन् र कुनै न कुनै दिन नेपाल नै फर्कनेहरु हुन् । ती २० लाख मतदाता नेपालीहरुमा आश्रित तिनका परिवार प्रति प्ररिवार थप ४ जना मतदाताको रुपमा हिसाब गर्ने हो भने पनि यो सँख्या नेपालको राजनीतिक सत्ता परिवर्तन गर्न काफी छ । सत्ताधारीहरुको आँखा खुल्न जरुरी छ ।

(झापा बुधवारे स्थायी निवासी सापकोटा यूएईमा बसेर पत्रकारिता गर्नुहुन्छ ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here