तीनहजार सवारी कारवाही, २२ लाख बढी राजस्व संकलन

0
1296

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले गत आर्थिक वर्ष २०७६÷ २०७७ मा सवारी नियम उल्लंघन गर्ने ३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।

आफ्ना सवारी साधनका आवश्यक मागजात नबोक्ने, समयमै नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका, क्षमताभन्दा बढी यात्रु तथा मालवहाक, तीव्रगतिमा चलाउनेलगायतका ट्राफिक नियम पालना नगर्ने ३ हजार ५ सय १६ वटा सवारी साधनलाई एकवर्षको अवधिमा कारवाही गरेको ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानले बताउनुभयो ।

मेचीनगर नगरपालिकाक्षेत्रभित्रको यातायात व्यवस्थापनको जिम्मा पाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले ती सवारी साधनलाई कारवाही गरेपछि २२ लाख २२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी नायव निरीक्षक प्रधानले बताउनुभयो ।

पोष्टले सवैभन्दा बढी आर्थिक वर्षको दोस्रो भदौ महिनामा ४ सय ६६ वटा सवारी साधनलाई कारवाही गरेर २ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । लकडाउनयता समेत प्रहरीले सवारी साधनलाई कारवाही गरेको ट । पहिलो पटक सरकारले अघिल्लो वर्षको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपनि त्यो महिना २ सय १८ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका छन् ।

ती सवारी साधनबाट पोस्टले १ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको प्रधानले बताउनुभयो । जेष्ठमा कारवाही संख्या शुन्य छ । असारमा २ सय २ वटा कारवाहीमा पर्दा १ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

साउनमा १ सय ४९ वटा बाट ८८ हजार, असोजमा ३ सय ८६ वटााबट २ लाख ४० हजार ५ सय, कात्तिकमा ३ सय ९३ वटााबट २ लाख ४६ हजार ५ सय, मंसिरमा ४ सय २७ वटा बाट २ लाख ६६ हजार ५ सय , पुसमा ४ सय ७ वटा बाट २ लाख ५४ हजार, माघमा ४ सय ५ वटा बाट २ लाख ५५ हजार तथा फागुनमा ४ सय २७ वटा बाट २ लाख ६५ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरी नायव निरीक्षक प्रधानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here