स्वास्थ्य सम्बन्धि नगरिक आचारसंहिता जारी गर्न आग्रह: झापाका नीजि क्षेत्रका व्यवसायी भन्छन्–आवश्यक सावधानी अप्नाएर व्यवसाय खोल्नुको विकल्प छैन्

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहित तत्काल जारीगर्न सुझाव दिएका छन् । अब कुनै पनि ब्यपार ब्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहित तत्काल लागूगर्नु पर्नेमा जोड दिएका हुन् ।

संवाद समूह भापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नीजि क्षेत्रका ब्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनुपर्ने सावधानी अप्नाउँदै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने बताए । कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए । अनावश्यक हिड्डुल बन्द गनुपर्ने भन्दै अब ग्रहाक र ब्यवसायी दुवै सचेत बन्नुको विकल्प नभएको बताए ।

झापा उद्योग संघका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण ब्यपार ब्यवसाय बन्द हुदाँ आर्थिक मन्दि शुरु भएको बताए । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर ब्यवसायीहरुलाई आफ्नो ब्यवसायमा प्रोत्सहान गर्नुपर्नेमा जोड दिए । अब क्रेता र विक्रेता आफैं सचेत बन्दै ब्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक सावधानी अप्नाउन ठाँउ–ठाँउमा हात धुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले उद्योग ब्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए । नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नु पर्ने भन्दै उनले नीजि क्षेत्रले आफैं आवश्यक सावधानी अप्नाएर उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । अनावश्यक हिडडुल बन्द गनुृपर्ने र अत्यावश्यक काम बाहेक घुमफिर बन्द गर्नुपर्ने बताए । झापाका शहरी क्षेत्रमा भिडभाड बढ्न थालेकाले आवश्यक सावधानी अप्नाउनुको विकल्प नभएको उनको भनाई छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले व्यपार ब्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अप्नाएर ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरे । ब्यपार ब्यवसाय ठप्प हुदाँ धेरैले रोजगारी समेत गुमाउनु परेको र केहि ब्यवसायी आफ्नो ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले यो समयमा कर छुट दिनुपर्ने भन्दै उनले अब नागरिक आफै सचेत बन्नुपर्ने उल्लेख गरे ।

नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्यागीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले बन्दको विकल्प खोजेर सुरक्षित रुपमा ब्यपार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अप्नाएर अघि नबढे मजदुरहरु झनै समस्यामा पर्ने बताए । उनले पीसीआर परिक्षणको दायरा बढाउन सरकारसंग माग गरे ।

ट्राभल एजेन्टका शेखर ढकालले असोज ५ गतेबाट आन्तरिक रुपमा हवाई उडान गर्ने भएकाले ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर सेवा सञ्चालन गर्ने बताए । उनले बालबालिका र वृद्धवृद्धाहरुलाई यात्रा नगर्न आग्रह गर्दै आवश्यक काम बाहेक नहिड्न अनुरोध गरे । हवाई यात्रालाई सुरक्षित बनाउन आफुहरु तयार रहेको उनको भनाई छ ।
महिला चेम्बर झापा झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका काणर ब्यवसायीहरु समस्यामा परेको उल्लेख गरिन् । उनले विशेष गरेर महिलाहरुले सञ्चालन गरेको ब्यवसाय झनै धरासायी बनेको र यो समयमा घरधनी र बैंकको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरु पुगेको बताइन् । उनले सरकारले महिलाले सञ्चारन गरेको ब्यपार ब्यवसायलाई प्रर्वधन गर्न विशेष नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने र अब बन्द गरेर बस्न नसक्ने होटल ब्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको भनाई छ । लामो समयसम्म होटल ब्यवसाय बन्दहुदाँ धेरै ब्यवसायीहरु ब्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको र झापाका २० हजारबन्दा बढी मजदुरुहरु बेरोजगार अवस्थामा बस्नुपरेको बताए । उनले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर खोल्नुको विकल्प आफुहरुसंग नरहेको बताए ।

प्यावसन झापाका हरिकृष्ण पाठकले लामो समयसम्म शेक्षिक क्षेत्र बन्द हुदाँ शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको बताए । पठनपाठन बन्द हुदाँ झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योलमा रहेको र कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले यो अवस्थामा अभिभावकलाई पनि शुल्क तिर भन्ने अवस्था नरहेको र नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्यौल रहेको विचार ब्यक्त गरे । अनलाइन मार्फत केहि विद्यालयले कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताइएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव देवी भट्टराईले कोरोनाको सबैभन्दा धेरै मार यातायात क्षेत्रमा परेको बताए । उनले अब यातायात ब्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर यातायात सञ्चालन गर्ने बताए । उनले यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर मात्रै यात्रा गराउने बताए । लामो समय यातायात बन्द हुदाँ चालक र सहचालक समस्यामा परेको उल्लेख गरे ।

मेची बस ब्यवसायी संघका अध्यक्ष विष्णुकमार श्रेष्ठले लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए । उनले हालसम्म कोही पनि चालक तथा सहचालक संक्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफुहरु सचेत रहेको बताए । उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए ।

महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले आवश्यक सुरक्षा सर्तकता अप्नाएर आ–आफ्नो ब्यपार ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरिन् । कोरोनाका कारण ब्यपार ब्यवसाय ठप्प हुदाँ धेरैको रोजगारी गुमेको भन्दै अब सरकारले विशेष सहुलियत कर्जा दिनुपर्ने बताइन् ।

हार्डवेयर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले अब सबै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अप्नाउनु पर्नेमा जोड दिए । ९९ प्रतिशत हार्डवेयर ब्यवसायीले बैंकबाट ऋण लिएर ब्यवासय गरिरहेको र अहिले बन्द रहेको अवस्थामा समेत बैंकको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित भएको बताए । बैंकहरुले सहुलियत कर्जा दिने बहानामा ब्याज असुल्ने काम गरिरहेकाले बैंकहरुको नियमन गर्न सरकारलाई आग्रह गरे । उनले कोरोनाका कारण ब्यपार ब्यवसाय चौपट्ट भएकाले आवश्यक सावधानी अप्नाएर सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

सामूहिक छलफलबाट ८ बुँदे साझा प्रतिबद्धता जनाउदैं आवश्यक स्वास्थ्य सावधानी अप्नाउन सबैसंग आग्रह गरिएको छ । छलफलको सहजिकरण संवाद समूहका अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here