हार्डवेर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइराला भन्छन् –: बैंक सञ्चालक वाइट कलरका गुण्डा हुन् (भिडियो सहित)

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

झापा,

हार्डवेर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले बैंक तथा वित्तीय संस्थाले व्यापारीसंग बार्गेनिङ गर्ने गरेको गम्भीर आरोप लगाएका छन् ।
बैंक सञ्चालकलाई वाइट कलरको गुण्डाको संङ्गा दिँदै अध्यक्ष कोइरालाले राज्यले समेत उनीहरुलाई नै संरक्षण गर्ने गरेको बताए ।
संवाद समूहको सचिवालय झापाले शुक्रवार बिर्तामोडमा आयोजना गरेको कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षाका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले कोभिडको महामारीको समयमा हरेक व्यापारीले घाटा खानु पर्ने तर बैंक तथा बित्तीय संस्थाले चाँही सधै मुनाफा गर्नु पर्ने भन्दै प्रतिप्रश्न गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here