समतामूलक समाजको निर्माण गर्ने धेय (श्रब्य दृष्यि सहित)

0
4347

बिर्तामोड,

प्रदेश नम्वर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता,राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वयत्तता र स्वशासनको अधिकारलाई आत्मसास् गर्दै जनताको माझ गएर मस्यौदा तयार गरिएको पहिलो र विश्वको सबैभन्दा कान्छो नेपालको संविधान रहेको भन्दै प्रदेश प्रमुख प्यासीले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफू लागि पर्ने बताउनुभएको छ ।

प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवशको अबसरमा दिएको शुभकामना सन्देश ।

शुभकामना संदेशमा  राष्ट्रियहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गरेको ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै बेपत्ता र पीडित नागरिकहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । निरङकुश जहाँनिया शासन, तानाशाही निर्दलिय एकतान्त्रीक शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आनो जीवन उत्सर्ग गर्ने सबै महान शहिदहरुप्रति हार्दिक श्राद्धाञ्जली तथा श्राद्धासुमन अर्पण गर्दछु भनिएको छ ।

वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै, वर्गाीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको संन्देशमा भनिएको छ ।

देशमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी राष्ट्रको दीगो विकास गर्न सकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुनेछ । ठूलो त्याग, बलिदान र संघर्षले प्राप्त गरिएको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई समर्पित भएर लागौ“ भन्ने आग्रह गर्दछु । वीर शहीदहरुका सपनाहरुलाई पूरा गरी तन, मन, वचन र कर्मले समृद्ध नेपाल बनाउन अग्रसर हुनु हुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई प्रदेश प्रामुख प्यासीले धन्यवाद दिनुभएको छ ।

उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हितका आधारभूत विषयलाई ख्याल राखी जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, बालअधिकार, अपाड्डता भएका व्यक्तिहरुका अधिकार, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका अनि कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणमा जुटिरहन सबैलाई आह्वान गर्नुुभएको छ ।

संविधान दिवसको पावन अवसरमा ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उत्तरोत्तर प्रगति, उन्नति, सु–स्वास्थ्य, दीर्घायूको समेत कामना गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here