सरसफाइ परिचयपत्र वितरण

३ आश्विन २०७७, शनिबार ११:४० मा प्रकाशित
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

मङ्गलबारे,

Advertisement

इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो ।

अभियानअन्तर्गत मापदण्ड पुगेका १५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । गाउँपालिकालाई सँधै सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो ।

नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईले बताउनुभयो । कोरोनाको समेत सङ्क्रमण बढिरहेकाले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम फलदायी हुने बताइएको छ ।

परिचयपत्र वितरणपछि प्रत्येक घरबाट मासिक सय रुपैया उठाउने र उक्त रकम सरसफाइमा खर्च गरिने बताइएको छ । शुल्क बापत बजारको फोहोर मैला सङ्कलन गरी डम्पीङ साइटलगिनेछ । उक्त अभियान सबै वडाका बजार, टोल हुँदै घरघरमा लागू हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here