गण्डकीमा १५ जना सङ्क्रमित थपिए

0
880

गण्डकी,

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का ११, पर्वतका दुई, स्याङ्जा र लमजुङका एक÷एक जना छन् । पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोना पुष्टि भएको छ भने ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस अवधिमा एकको मृत्यु, चार जना निको भएका छन् र ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here