संविधानको रक्षा गर्दै मुलुक अगाडि बढ्न सबैलाई आग्रह : नेता खनाल

0
813

काठमाडौँ,

पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अथक संर्घषबाट प्राप्त गरेको लोकतान्त्रिक, समावेशी र समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभएको हो । संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा दिने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

“सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप हामीले सामन्तवादको प्रतिकको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस संविधानमार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभुत अधिकार सुनिश्चित गरेका छौ ।”

संविधानकै अनुसार समावेशी ढंगको निर्वाचन प्रणालीमार्फत केन्द्रीय, प्रदेश र स्थानीय तहहरुको निर्वाचन गरी सरकार गठन गरेर देशमा राजनीतिक स्थिरिता कायम भएको उहाँले उल्लेख गर्नुभएको छ । “मुलुक विकास निर्माण, अग्रगति, प्रगति र समृद्धिको दिशातर्फ अघि बढेको छ र हामीहरm समाजवाद तिर अघि बढ्न कृत संकल्पित छौँ”, पूर्वप्रधानमन्त्री खनालले सन्देशमा भन्नुभएको छ, “यी सबै संविधान निर्माण पश्चात हामीले गरेका असाधारण उपलब्धिहरु हुन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here