मोटरसाइल चोरीमा संलग्न पाँच जना पक्राउ

0
969

बिर्तामोड।

इलाका प्रहरी कार्यालय दमकले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुलीका कुमार राई, विवेक राई, उपेन्द्र राई, सुरज राई र मिलन राई रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

गत आर्थिक वर्ष इलाका प्रहरी कार्यालय दमकमा ३५ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विषेश गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् ।

मोटरसाइकल पार्किङ गरेपछि चालकले चाबी झिक्न बिर्सनु, हेन्डिल लक नगर्नु जस्ता कारणले चोरी हुने गरेको प्रहरीले जनाएको छ । दमक तथा कमल आसपासमा हुने चोरीका मोटरसाइकल इलाम तथा पाँचथरका ग्रामिण भेगबाट पक्राउ पर्ने गरेको इप्रका दमकले जनाएको छ ।

गत वर्ष परेको उजुरीको आधारमा खोजतलास गर्दा २२ वटा मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यसमा सवारी धनी नखुलेका १४ वटा मोटरसाइकल इप्रका दमकमा छन् । पाँच वटा मोटरसाइक बेबाारीसे अवस्थामा भेटेर सवारीधनीलाई बुझाएको र तीन वटा मोटरसाइकल चोरी गर्ने व्यक्तिसहित पक्राउ गरेर मुद्दा चलाइएको डिएसपी पण्डितले बताए ।

चालु आर्थिक वर्षमा इप्रका दमकमा ७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here