जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नुपर्नेमा प्रदेश सभा सदस्य मैनालीको जोड

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

काँकरभिट्टा ।

१ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले निर्वाचनताका हरेक जनप्रतिनिधिहरुले सिहंदरवारको अधिकार गाउँ गाउँमा पुर्याउने गरेको उद्घोष पुरा गर्नुपर्ने आज हरेक जनप्रतिनिधिहरुको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

मुलुकमा प्रजातन्त्र बहालीपछि संघीय गणतन्त्रात्मक सरकार अहिले गठन भएको भन्दैं प्रदेश सभा सदस्य मैनालीले अहिले निर्वाचनताका हरेक जनप्रतिनिधिहरुले गरेको उद्घोष सिहंदरवारको अधिकार गाउँ गाउँमा जनताले अनुभूति गर्न पाएकी पाएनन् प्रत्येक जनप्रतिनिधिले पछाडी फर्केर हेर्नुपर्ने बताउनुभयो

शुक्रबार झापाको मेचीनगर—८ स्थित श्रीकृष्ण व्यासाश्रम मन्दिर समितिको नवौं वार्षिक साधारण सभाको प्रमुख अतिथिका आसनबाट उद्घाटन गदैं उहाँले अहिले सरकार संघीयताको अभ्यासमा रहेको भन्दैं अधिकारको क्षेत्रलाई हेर्दा स्थानीय तहमा धेरै अधिकार प्राप्त भएको प्रष्ट पार्नुभयो । अहिले धेरै कामका लागि पनि जनता सदरमुकाम धाउनुपर्ने अवस्था भएपनि निकट भविष्यमा भूमि, शिक्षा, पर्यटनलगायतका धेरै अधिकार स्थानीय तहमा नै आउने बताउनुभयो ।

प्रदेश सभा सदस्य मैनाली अब वडा कार्यालयलाई समेत अधिकार सम्पन्न बनाउने यस अघि गाविसलाई जति अधिकार थियो त्यो बढी अधिकार प्राप्त भएको र यसअघि गाविसबाट बाट प्राप्त हुने सवै सेवा सुविधा वडाबाटै प्राप्त हुने बताउनुभयो । यसकारण हरेक जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्न सकिन्छ कि सकिन्दैन् त्यही अनुसार गुणस्तर कायम गर्न सकिन्छ कि सकिन्दैन अहिले हरेक जनप्रतिनिधिहरुलाई उसबेलाको एसएलसी फलामे ढोका झै भएको उहाँको भनाई छ । अहिले आम जनताले प्रत्येक जनप्रतिनिधिहरुको काम र गुणस्तरको मुल्याङ्कन गरीरहेको हुदाँ जनताका हरेक भावनालाई सम्बोधन हुने गरी काम कारवाही गर्नुपर्ने उहाँको भनाई छ ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरभित्र रहेका हरेक संरचनाको संरक्षण र सम्वद्र्घनको जिम्मा स्थानीय सरकारको भएको हुदाँ मठ, मन्दिर, गुम्बा, मस्जिदलगायत सवैको संरक्षण र सम्वद्र्घनमा नगरपालिका जुटेको बताउनुभयो । उहाँले नगरभित्र थुप्र्ै योजनाहरु अधुरा रहेका संरचनाहरुको निर्माण कार्य क्रमस सम्पन्न गदैं जाने र वजेट अभावका कारण समय मै निर्माण पुरा हुन नसकेका यस्ता संरचनाहरुलाई आगामी वजेटमा प्राथमिकतामा राख्ने बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले कोभिड १८ का कारण विश्व थलिएको भन्दैं त्यसतर्फ सचेत र सुरक्षित हुन सवैमा आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार नगरको हरेक विकासमा सक्रिय रहेको भन्दैं यसमा आम नगरवासीको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपाका ८ नम्बर वडा अध्यक्ष कुन्दन निरौैला, नेपाली काँग्रेसका ८ नम्बरर वडा सभापति गिरीराज धमलालगायतले बोल्नुभएको थियो । जग्गादाता तथा समितिका अध्यक्ष लीला खनालले सभापतिको आसनबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो । हालसम्म त्यहा २५ लाख रुपैयाँ खर्च भइसकेकोे भएपनि बजेट अभावमा संरचना अधुरा रहेको उहाँको भनाई थियो । सचिव राजन गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहसचिव लालबहादुर धामीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैगरी, साधारण सत्रको बन्दसत्रले श्रीकृष्ण व्यासाश्रम मन्दिर समितिकोे अध्यक्षमा पुनः लिलाप्रसाद खनाललाई सर्वसम्मत चयन गरेको छ । तीन बर्षे कार्यकालकालागि र समितिको बरिष्ठ उपाध्यक्षमा लालबहादुर थामी, उपाध्यक्षमा सूर्य अधिकारी, महासचिवमा राजनकुमार गिरी, सचिवमा उत्तम गिरी र कोषाध्यक्षमा गोमा पोख्रेल सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यमा गिरीराज धमला, मिलन विश्वकर्मा, केदार गिरी, मुकुन्द भट्टराई, मनिषा अधिकारी, बिष्णु बहादुर श्रेष्ठ र अनिल गिरी चयन भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here