नयाँ विहानी आमा समूहको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

३ आश्विन २०७७, शनिबार मा प्रकाशित

काँकरभिट्टा,

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले वर्तमान नेपालको संविधान महिला मैत्री भएकाले संविधानले प्रदान गरेका महिलाका हकहित अधिकार प्राप्त गर्न हरेक महिला एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार झापाको मेचीनगर—१० स्थित नयाँ विहानी आमा समूहको तेस्रो वार्षिक साधारण सभामा बोल्दैं उहाँले वर्तमान संविधानकै कारण अहिले महिलाहरु प्रमुख कार्यकारी पदसम्म पुगेको भन्दैं अवसर पाए महिलाले पुरुष सरहको जिम्मेवारी पुरा गर्न सक्ने उदघोष गर्नुभयो ।

उहाँले महिलाहरुलाई विभिन्न विधामा सीप सिकेर दक्ष र स्वरोजगार बन्न समेत आग्रह गर्नुभयो । अब महिलाहरुले २÷४ पैसाका लागि अरुकै मुख ताक्नु पर्ने अवस्थाको अन्त्य गर्न महिला आफै ले कुनैै न कुनै सिकेर दक्ष बनेर रोजगारमा लागेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।

नगरका महिलाहरुलाई जुन सुकै सिकाइमा पनि नगरपालिकाको साथ सहयोग रहने भन्दैं घर बाहिरका काममा पनि निस्कन आग्रह गर्नुभयो । अब महिला घर भित्रकै काम धन्दामा मात्र नअल्मिलिई बाहिरका काममा समेत पुरुष सरह सक्रियपुर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर वडा नम्बर १० का वडाध्यक्ष सुदेशकुमार पनेरुले समूहका लागि वडा सरकार साथमै रहेकाले आवश्यकता अनुसार वडाले समेत विभिन्न सीपमुलक कामका लागि समूहकी अध्यक्ष कमला बुढाथोकीले कार्यक्रमको सभापतित्व गदैं अहिले उद्घोषण, प्रस्ताव र मायन्यूट लेखन तालिमको आवश्यकता औल्याउनुभयो ।

कोषाध्यक्ष लक्ष्मी उप्रेतीले एकलाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । समूहकी उपाध्यक्ष सुभद्रा घिमिरे प्रसाईले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सवैलाई सचिव मैया आचार्य बानियाँले स्वागत गर्नुभएको थियो ।

यसैगरी साधारण सभाको बन्द सत्रले पुनः कमला बुढाथोकीको नेतृत्वमा आगामी कार्यकालका लागि १३ सदस्यीय नयाँ नेतृत्व चयन गेको छ । समूहको उपाध्यक्षमा लक्ष्मी बजगाईँ, सचिवमा रोश्नी खनाल अधिकारी , सहसचिवमा रिता दाहाल र कोषाध्यक्षमा राधिका अधिकारी अधिकारी बास्तोलालाई चयन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here