स्वतन्त्र पत्रकारहरुको प्रदेशस्तरिय भेला इटरीमा सम्पन्न

0
1372

झापा,

स्वतन्त्र पत्रकारहरुको प्रदेशस्तरिय भेला इटरीमा सम्पन्न भएको छ। इटरीमा शनिवार विभिन्न निर्णय गर्दै स्वतन्त्र पत्रकार संघ नेपालको १नं. प्रदेश भेला सम्पन्न भएको हो।

प्रत्येक जिल्लामा जिल्ला समिति संगठन गरी प्रदेश तथा केन्द्रीय समितिलाई लिखित जानकारी गराउने तथा स्वतन्त्र पत्रकार संघ १ नं.प्रदेश समिति गठनका लागि हाल मोरङ जिल्ला अध्यक्ष रहेका विजय खतिवडालाई संयोजक तोक्ने र दुई महिनाभित्र पूर्ण समिति गठन गर्ने सर्वसम्मत निर्णय गर्दै प्रदेश भेला सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष केवि मसालले पत्रकारिताको वास्तविक सिद्धान्त र आदर्श भनेकै स्वतन्त्र र तटस्थ पत्रकारिता भएको बताए। उनले विभिन्न राजनीतिक वाद र विचारबाट प्रेरित भई आजको पत्रकारिताको क्षेत्र लक्ष्य प्राप्तिमा अल्मलिएको र प्रभावहिन बन्दै गएको अौल्याउँदै कसैको समर्थक-विरोधी, पक्ष-विपक्ष नभई तटस्थ बनेर कलम चलाउन समर्थ स्वतन्त्र पत्रकार नै समाजमा लोकप्रिय हुने बताए।

नेपाल पत्रकार महासंघ दाङका पूर्व सभापति समेत रहेका अध्यक्ष मसालले चाँडै संघको विधान संशोधन गरेर जिल्ला शाखाहरुलाई केन्द्रसँग प्रत्यक्ष सम्पर्क हुने वातावरण बनाई क्रियाशील र चलायमान बनाइने, क्षमता अभिवृद्धि तालिमको आयोजना गर्ने, तीन जना स्वतन्त्र पत्रकारलाई पुरस्कृत गर्नेलगायतका कार्यक्रमलाई दृढताका साथ अगाडि बढाइने जानकारी दिए।

सुनसरी अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डे, केन्द्रीय सदस्यहरु महानन्द सापकोटा, महाप्रसाद खतिवडा,देवनारायण शाह, केन्द्रीय सल्लाहकार मोहन भण्डारी, मोरङ जिल्ला अध्यक्ष विजय खतिवडा, झापा जिल्ला अध्यक्ष रत्नबहादुर बस्नेतलगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सुनसरी शाखा सचिव तेज वनले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here