फरार दुई अभियुक्तलाई पक्राउ गरी कारागार चलान

४ आश्विन २०७७, आईतवार मा प्रकाशित

झापा ।

जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

अदालतले दोषी करार गरेका दुई अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो । वनरक्षक फुर्बा तामाङ समेतका कर्मचारीको जाहेरीका आधारमा मेचीनगर–९ का जय मेचे विरुद्ध झापा जिल्ला अदालतले तीन महिना कैद सजाय र ९ लाख ९४ हजार २ सय ६० रुपैयाँ जरिवाना तोकेको थियो ।

वन पैदावारमा हानी नोक्सानी पुर्याएको मुद्दामा इलाम जिल्ला अदालतले मेचेलाई उक्त सजाय सुनाएको थियो । गत मंसिरदेखि फरार भएका मेचेलाई आज प्रहरीले पक्राउ गरेको हो ।

यस्तै चोरी मुद्दाका अर्का फरार अभियुक्त भद्रपुर नगरपालिका–१ का ध्रुव तामाङ पनि पक्राउ परेका छन् । बालकृष्ण गिरीको जाहेरीका आधारमा झापा जिल्ला अदालतले तामाङलाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फरार दुबै अभियुक्तलाई पक्राउ गरी जिल्ला कारागार चलान गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश कुमार थापाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here