अञ्जलीका डाक्टर पंकजको निधन

४ आश्विन २०७७, आईतवार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित अञ्जली हस्पिटलमा कार्यरत चिकित्सकको आज निधन भएको छ ।

झापाको दमक –६ घर भएका डाक्टर पंकज केसीको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

केही दिनदेखि शारीरिक रुपमा अस्वस्थ्य भएका डाक्टर केसीको उपचारको क्रममा बिर्ता सिटी हस्पिटलमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

३८ वर्षीय डाक्टर केसीकी श्रीमती रहेको बताइएको छ । डाक्टरको निधनसंग अञ्जली हस्पिटलले गहिरो दुःख ब्यक्त गर्दै भोली शोक सभा गरेर आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको डाक्टर प्रमोदकुमार रायले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here