२०७७ असोज ५ गते सोमबारको राशिफल

४ आश्विन २०७७, आईतवार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हात पार्न बढी श्रम गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कमजोर नतिजा सच्याउन काम दोहो¥याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुने छन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मेहनतले सफलताको उचाइमा पु¥याउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मेहनत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पु¥याउनेछ । छिद्र खोतल्नेहरूबाट भने सजग रहनुहोला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here