यसपालीको दशैं किन पछि स¥यो ?

0
1494


पितृपक्ष अर्थात् सोह्रश्राद्धको पितृविर्सनज औंशीको भोलिपल्ट घटस्थापना लाग्ने र नवरात्रसम्म देवीको पूजा आरधना गरी दशैं मनाउने गरिन्थ्यो । यसपाली पितृविर्सजनको औंशीबाट एक महिना अधिकमास लागेको हँुदा र अधिक मासमा तिथिपछि सर्ने हँुदा यसपालीको दशैं एक महिना ढिलो आएको हो । यो वर्ष कोभिड–१९ को भयाभय स्थिति पनि थपिएको हँुदा जनमानसमा नकारात्मक असर परेको छ । हिन्दू संस्कारमा अधिक र क्षयमास तीन–तीन वर्षमा आइरहने हुँदा यो अधिकमास कुनै शुभ÷अशुभ वा डराउनुपर्ने केही कारण छैन । किन अधिकमास वा क्षयमास आउँछ यसको तथ्यसहित कारण मनन् गरांै ।

तीन सय ६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ । सूर्यको गति अनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा तीन सय ६५ दिन हुछन् भने चन्द्रमास अनुसार दिन गणना तीन सय ५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणना अनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यसैक्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमासभन्दा चन्द्रमास बढी हुन पुग्छ ।

ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र दुईवटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा ४१ वर्षमा एकपटक आउने गर्दछ । यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरुमा अन्न विभिन्न स्थानमा बेग्लाबेग्लै विधि र किसिम पनि पाइन्छ । यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुँदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुँदैन । यही नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास खासै यही महिनामा हुन्छ भनेर हुँदैन । चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । ‘सर्वेषु मासेष्वधिमासकः स्यात’ भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहिँ होइन । वर्ष दिनलाई ठीकसँग मिलाउनका लागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिकमास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।

हाम्रो समाजमा कसैको जन्म, मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो, तर अधिकमासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनुपर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो । ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यही तिथि कायम हुने प्रमाण पाइन्छ । क्षयमासका लागि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोही तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोही तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रीय प्रमाण पाइन्छ ।

अधिकमासलाई पुरुषोत्तम मास भनेर पनि भनिन्छ । किनभने अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरु नष्ट हुन्छन भनेर कथामा बताइएको छ । अधिक मासमा कुनै पनि शुभ कर्महरु वा साइतहरु हँुदैनन् । यसै हुनाले महिनाभरि कुनै पनि विवाहादी कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरु छैनन् । दैनिकरुपमा गर्दै ल्याइएका कर्महरु जस्तो नित्य पाठपूजा गर्नलाई चाहिँ कुनै छेकथुन हुँदैन । वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौ शताब्दीदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरुमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादी वैदिक परम्परालाई छोडी तेह्रौ शताब्दीको सिद्धान्त शिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरुमा पनि अधिकमास परेको उल्लेख गरेको पाइन्छ ।

पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्दा बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्दा आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्दा जेठाजु पिर्ने, पैलो पुसमा बस्दा ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्दा पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्दा आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिका मा पाइन्छ । मुहूर्तमार्तण्डको १६२८ सम्वत्मा र मूहूर्त चिन्तामणिको १६५७ सम्वत्मा रचना भएको हो । यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरुभन्दा पछिका देखिन्छन् । वैदिक परम्पराका प्राचीन ग्रन्थहरुमा यस कुराको प्रतिपादित देखिँदैन ।

अधिक मासमा के गर्नुहुन्छ ? के गर्नुहुदैन ?

यस्मिन चांद्रे न संक्रान्तिः सो अधिमासो निगह्यते तत्र मंगल कार्यानि नैव कुर्यात कदाचन् । यस्मिन मासे द्वि संक्रान्ति क्षयः मासः स कथ्यते तस्मिन शुभाणि कार्याणि यत्नतः परिवर्जयेत ।

हुने कार्यहरु : वार्षिकी कार्य ।, दैनिक नित्य कर्म सधैँ गरेर ल्याइएका कर्म जस्तो दैनिक बिहान–बेलुकाको पूजा ।, पुरुषोत्तम पूजा कथा श्रवण

गर्न नहुने कार्यहरु :

श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्रि, शतचण्डी, शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हँुदैन जस्तो गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ । अधिक मासमा विवाह गरेमा गृह सुख हुँदैन ।, गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ ।, नव विवाहित दाम्पत्तिहरुका लागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ ।

रिजाल तथा वैदिक ज्योतिष परामर्श केन्द्रका सञ्चालक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here