तस्करी विरुद्ध बिर्तामोड प्रहरी सक्रिय: १० बोरा अवैध सुर्ती बरामद

५ आश्विन २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड ।

अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, झापाको बिर्तामोडबाट प्रहरीले अमिलो उद्योग सञ्चालन गरेर अवैध रुपमा सुर्तीको कारोबार स्थानबाट लाखौं मुल्य बराबरको सुर्ती बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५ एकता टोलका विवेक पाण्डेको घर भाडामा लिएर पुष्पा कोइरालाले सञ्चालन गरेको अमिलो उद्योगबाट दुई लाख मूल्य बराबरको १० बोरा अवैध सुर्ती बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

भन्सार छलेर ल्याएको अवैध सुर्ती बरामद गरेर आवश्यक कारबार्हीका लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगढी पठाएको डीएसपी रिजालले बताए । बिर्तामोड क्षेत्रमा हुने अवैध गतिविधिका विषयमा प्रहरीले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

बिर्तामोड प्रहरीले यसअघि एग्रोभेटबाट लागू औषध कारोबार गर्नेलाई समेत पक्राउ गरेको थियो । बिर्तामोडमा हुने अपराधको पहिचान गरेर त्यस विरुद्ध प्रहरी परिचालन गरिएको डीएसपी रिजालले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here