करेन्ट लागेर वडाध्यक्षको मृत्यु

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

सोलुखुम्बु।

सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका-५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here