श्रीमतीलाई जिस्काएको झोकमा खुकुरी प्रहार !

0
1410

इनरुवा,

श्रीमती जिस्काएको आरोपमा सुनसरीको इनरुवामा एक पुरुषले वृद्ध दम्पती माथि खुकुरी प्रहार गरेका छन् । इनरुवा नगरपालिका वडा नम्बर ८ घर भएका बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालामाथि श्रीमती जिस्क्याएको आरोपमा खुकुरी प्रहार गरेका हुन् ।

सुनसरी प्रहरीका अनुसार खड्काले आफ्नी श्रीमतीलाई लामो समयदेखि बारम्बार जिस्काउने गरेकोले आजित भएर कोइराला माथि आक्रमण गरेको स्विकारेका छन् । प्रहरीका अनुसार अघिल्लो दिन रातीको समयमा खड्काले घरबाट खुकुरी लिएर गई वृद्ध माथि अन्धाधुन्ध प्रहार गरेका थिए ।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते हुन पुगेकी छिन् । दुवैको शरीरमा खुकुरीको चोट लागेको छ । हतियार प्रहार गर्ने खड्कालाई गाउँलेले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । घाइते वृद्धको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सरोज खनालका अनुसार घाइतेहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ । श्रीमतीको अवस्था भने सामान्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here