भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

सुनसरी।

सुनसरीको देवानगंज–६ स्थितबाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ ।

बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा करिब एक लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मटर, पिकअप गाडी र चालकलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here