३८५ परिवारलाई खाद्यान्न

0
715

तनहुँ,

जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरूको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानअनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा एक दिन गरी सात दिन फुड बंैकमार्फत खाद्यन्न वितरण गरिएको हो । कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, आपङ्ग, न्यून आए भएका र बिहान बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको गु्रपका संयोजक विक्रम गुरुङले जानकारी दिनुभयो ।

एक हप्ताअघि डुम्रेबाट कार्यक्रम शुरू गरेको गु्रपले प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, एक÷एक पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो । फुड बैंक सञ्चालनका लागि गु्रपका सदस्यहरू, देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताहरूबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here