भद्रपुरका कोरोना संक्रमित बृद्धको मृत्यु

0
894

झापा ।

झापाको भद्रपुर–१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय बृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनका अनुसार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार थाल्दै धेरै प्रयास गरिए पनि वृद्धलाई बचाउन सकिएन । वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here