किसानलाई आरक्षण छुट्याउन आवश्यक

७ आश्विन २०७७, बुधबार मा प्रकाशित


संसारको सबैभन्दा मेहनत गर्ने, तर गरीब नै रहने पेसा किसान हो भन्दा फरक नपर्ला । तर, कोराना भाइरसका कारणले गर्दा किसान संसारको सबैभन्दा धनी हो भनेर चिनियो । अरूबेला पानीपुरी, चटपटे खान धाउनेहरू लकडाउनको बेला किसानले उत्पादन गरेको खाद्यान्न कहाँबाट पाइन्छ भनेर भौतारिएको पाइयो । सबै व्यापार, व्यवसायी ठप्प रहे । तर, किसानको काम आफ्नो बालीनालीमा काम गर्ने आफ्नो उत्पादन नै आफ्नो भान्सामा पकाउने किसानलाई कहिले खाँचो भएन ।

त्यसो त आफ्नो बारीको आग्र्यानिक खाद्यान्न भान्सामा पाक्ने भएपछि रोग लाग्छ भन्ने पनि भएन । कोरानाले किशानलाई चिनाउने अवसर मात्रै दिएन किसानको सम्मान सबैले गर्नूपर्छ भन्ने पनि देखियो । सबै पेसामा ठगी हुन्छ, तर किसानले न ठगी गर्न जानेको हुन्छ न त कमिसन खान जानेको हुन्छ । बरू बिचौलियाहरूले किसानको मेहनतको फाइदा लिन्छन् ।

सरकारले कृषि क्रान्ति भन्छ, तर नारामा सिमित छन् । आजको बढ्दो चाहनाले गर्दा तीन–चार महिनापछि मात्र उत्पादन भएर कमाई पाउने कृषि पेसाले आजको चाहना धान्न गाह्रो छ । हाम्रो छिमेकी देश भारतले किसानको लागि विभिन्न योजना ल्याएको छ । तर, हाम्रो नेपालमा आफ्नो राजनीतिक चलाउने नारामा मात्र सिमित भए किसानको नाराहरू भनेको बेला मल पाउने अवस्था छैन । गाउँमा आजभोलि हेर्नुपर्छ भनेको बेला मल नपाएर १५÷२० किलोमिटर टाढाबाट मल लिन आउनुपर्ने बाध्यता छ ।

‘यो घाममा टाढाबाट बोराको २००० रूपैयाँ हालेरै भए पनि मल लाने भनेर असीन–पसीन भएर आइयो चार घन्टा कुरेर मल त पाइयो । तर, कतिको खुल्ला सिमानाबाट आएको मल कतिको गुणस्तर छ÷छैन यो भने हेर्न बाँकी छ ।’–एक किसानले दुःखेसो पोखे । किसानलाई मल बीऊ समयमै उपलब्ध गराउन नसक्नेले के समृद्ध नेपाल सुखी नेपालीको आवाज दिनु र ? यो बर्षेनि हुने समस्या हो किसानको । समस्याको समाधान गर्न त किसानलाई आवश्यक हुनु पूर्व नै पो योजना बनाउनुपर्ने होइन र ?

मल बीऊ समयमै उपलब्ध गराउन नसक्ने मात्र होइन प्राकृतिक प्रकोपबाट आफ्नो बालीनाली क्षति हुँदा समेत किसानले क्षतिपूर्ति पाउँदैनन् । अन्य पेसा, व्यवसाय गर्नेको माग सहजै पूरा हुन्छ । तर, सोझा किसानहरू सडकमा नारा जुलुस गर्न जान्दैनन् अनि उनीहरुको माग पूरा कहाँबाट होस् त ? किसान बाजेले छोरा–नातिहरुका लागि किसान हौ भनेर गर्व गर्ने बाटो समेत हराएको भन्दै पीडा लुकेका मुस्कान छाडे । अब हाम्रो देशमा अनुदान त आउँछ, तर मेहनती किसानले होइन पार्टीको झण्डा बोकेर हिँड्ने भ्रष्ट कार्यकर्ताले पाउँछन् ।

अचम्मको कुरा के छ भनी किसानको माग पूरा गराउन नागरिक अगुवा, अभियन्ता राजनीतिक दलहरुले पनि चासो देखाउँदैनन् । आजको आवश्यक आधुनिक आवश्यक हुनुपर्छ भनेर सबैले भन्छौं, तर यो सुस्त छ । अब राज्यले जसरी जातीय छुट्याएको छ, किसानहरूको लागि पनि आरक्षण छुट्याउन आवश्यक छ । किसानहरूले पेन्सन पाउने व्यवस्था हुनुपर्छ । प्राकृतिक प्रकोपबाट क्षति हुँदा किसानले क्षति पूर्ति पाउनुपर्छ । आधुनिक खेतीको गाउँ–गाउँमा तालिम खोल्नु पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here