६ महिनासम्म सुनसान भद्रपुर विमानस्थलमा चहलपहल शुरु

७ आश्विन २०७७, बुधबार मा प्रकाशित

तीनदिनमा पाँचसय बढी यात्रुले गरे उडान

लक्ष्मी उप्रेती/ काँकरभिट्टा,

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित असोज ५ गतेबाट आन्तरिक हवाई सेवा खुला गर्ने निर्णय गरेलगत्तै झापाको भद्रपुर विमानस्थलबाट सेवा लिने हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । ६ महिनाअघिदेखि सुनसान रहेको झापाको भद्रपुर विमानस्थलमा अहिले जहाज र यात्रुको चहलपहल निक्कै छ ।

उक्त विमानस्थलबाट अहिले दैनिक बुद्घ एयरको २ र यति एयरको १ गरी ३ वटा विमानले नियमित उडान गरिरहेको भद्रपुर विमानस्थलमा रहेको बुद्घ एयरका स्टेशन मेनेजर ओम प्रधानाङ्ग बताउनुभयो ।

उहाँका अनुसार सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई खुला गरेपछि ५ सय बढी हवाईयात्रुले सेवा लिइसकेका छन् । ७० सीट भएको बुद्घ एयरमा दैनिक ८० देखि ९० र ७२ सटि भएको यति एयरमा ७० देखि ८० प्रतिशत हवाई यात्रुले उडान गरिरहेको बुद्घ एयरका स्टेशन मेनेजर प्रधानाङ्गले बताउनुभयो ।

हरेक हवाईयात्रुलाई मास्कको प्रयोग, सावुन पानीले मिचिमचि २० सेकेण्डसम्म अनिवार्य हात धुन लगाउने, सेनिटाइजरको प्र्रयोग अनिवार्य गरिएको यति एयरका भद्रपुरस्थित स्ेटेशन मेनेजर रेवत कार्कीले जानकारी दिनुभयो ।

विमानस्थल प्रवेश गर्नुअघि स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य कर्मीहरुले हरेक यात्रुको थर्मलगनका माध्यमले तापक्रम मापन गर्ने र जहाज चढ्ने बेलामा हवाई कम्पनिकातर्फबाट पुनः तापक्रम मापन गर्ने, प्रत्येक यात्रुको लगेज डिसइन्फेस्कन गर्ने, सेनिटाइटर तथा मास्कको अनिवार्य प्रयोग गर्न लगाएर मात्र जहाजभित्र प्रवेश दिइने छ । हरेक यात्रुलाई जहाजभित्र फेसशील्ड प्रदान गरिने छ ।

कुनै पनि यात्रुले जहाजभित्र शौचालय प्रयोग गर्न पाउने छैनन् भने एक एक मिटरको दुरीका सीटमा बस्ने व्यवस्थापन मिलाईएको प्रधानाङ्गले बताउनुभयो । जाहजभित्र यात्रुलाई दिने पेयपदार्थसहित अन्य कुनै पनि खाद्य वस्तु अहिले नदिने गरिएको उहाँको भनाई छ ।

श्वास प्रश्वास तथा कुनै ग्म्भीर प्रकारका दिर्घरोगी भए उनीहरुले अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट जहाज चढ्नुअघि देखाउनुपर्ने छ । यति एयरले ५ गते ६१ जना ६ गत ५६ जना र ७ गते ६८ जना हवाईयात्रुलाई सुरक्षितरुपमा गन्तव्य पुर्याएको कार्कीको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here