२०७७ असोज ८ गते बिहीबारको राशिफल

७ आश्विन २०७७, बुधबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । इष्र्या गर्नेहरूले अवरोध पु¥याउन सक्छन् । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

महत्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । यात्राको अवसर आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान हुनेछ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । आर्थिक गतिविधिले फाइदा दिनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सुखद् समाचारले उत्साह जगाउनेछ । समयको महत्वलाई ख्याल गर्नुहोला, दिगो काम प्रारम्भ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here