एलेक्सले वृद्धाश्रममा जन्मदिन मनाए

८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

बिर्तामोड ।

पछिल्लो समय जन्मदिनलाई फरक ढङ्गले मनाउने चलन बढ्दै गइरहेका बेला झापाको बिर्तामोडका एक किशोरले आफ्नो जन्मदिनमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर मनाएका छन् ।

बिर्तामोड–५ का एलेक्स श्रेष्ठले आफ्नो जन्मदिनमा वृद्धाश्रममा रहेका बुबाआमाहरुलाई खाना खुवाएका हुन् । कक्षा–१० मा अध्ययरत श्रेष्ठले बिर्तामोड–४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा गएर त्यहाँ रहेका वृद्धवद्धालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् ।

युवा पुस्तामा सेवा भाव जाग्रित गर्ने उद्धेश्यले आफुले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएको बताए । होटल तथा रेष्टुरेन्टमा गएर केक काटेर फजुल खर्च गर्नुभन्दा सेवाभावले एक दिनभएपनि खाना खुवाएर वृद्धवृद्धा बुबाआमाबाट आर्शिवाद लिदाँ उत्तम हुने भएकाले आफुले जन्मदिन वृद्धाश्रममा मनाएको श्रेष्ठले बताए ।

३४ जना वृद्धवृद्धा बुबाआमा रहेको उक्त आश्रममा छोराले जन्मदिन मनाएको भन्दै बुबा सञ्जय श्रेष्ठले खुशी ब्यक्त गरेका छन् । मानिसमा मानवताको खाँचो खड्की रहेका बेला युवा पुस्ताले सेवाभाव देखाएर अत्यन्त राम्रो काम भएको उनको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here