रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु

0
772

सुनसरी।

सुनसरीको धरान–१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको छ ।आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन ।

उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै उनीसंगै रहेकी उनकै दिदी ८ बर्षीया नेबिस राई समेत रुखको हांगाले लागी घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here