अर्जुनधारा र बिर्तामोडबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ

९ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

झापा।

झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन ।

बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यस्तै प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोडको भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ ।

बिशेष सुराकका आधारमा उनीहरुलार्इ गयराती पौने ११ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here