एकै परिवारका तीनजनामाथि बाम्फोक प्रहार गर्ने पक्राउ

९ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

ताप्लेजुङ,

आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन्।

बुधबार राति सुतिरहेको अवस्थामा तीनजनालाई बाम्फोक प्रहार गरी फरार रहेका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसी महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनी पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा पक्राउ परेका हुन्। लाक्पाले ६१ वर्षीया फुटि भोटे, ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय लाक्पा छिरिङ भोटेमाथि बाम्फेकले प्रहार गरी घाइते बनाएको वडाध्यक्ष टसी लामाले बताए।

वडाध्यक्ष लामाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ। आक्रमण गर्ने लाक्पालार्य बिहीबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकमा ल्याइपुर्याएको छ। शुक्रवार जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here