मोरङ र सुनसरीमा लडेर दुई जनाको मृत्यु

१० आश्विन २०७७, शनिबार मा प्रकाशित

सुनसरी।

सुनसरीको ईनरुवा–९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ ।

हिजो दिउसो १ बजे खेतमा घाँस काट्ने क्रममा दुखनीदेबी अचानक लडेर बेहोस भएकी थिईन । बेहोस भएकी उनलार्इ आफन्तले तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यता मोरङको सुन्दर हरैचा–१२ स्थितमा बस्ने ३५ बर्षीय कुमार उरामन को लडेर मृत्यु भएको छ । सोहि स्थानमा रहेको न्यू पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोर तर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here