सहमतिमा अघि बढ्न नेम्वाङको आग्रह

0
365

Subash-nembang

इलाम,मंसीर १९ ।  संविधानसभाका सदस्य सुवास नेम्वाङले सहमतिका साथ अघि बढ्न राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

आज इलामको चुलाचुली–२ हात्तीलेदामा रहेको हाङसाम मागिन शिवमन्दिरमा गुरूलाई भेटेर फर्कनेक्रममा कार्यकर्तासँग उहाँले नेपाली जनताले सहमतिमा अघि बढ्न जनादेश दिएकाले सहमतिको विकल्प नरहेको बताउनुभयो ।

विगतमा गरिएका थुप्रै उपलब्धिलाई संस्थागत गरी मूर्तरूप दिन सबैको सहकार्य जरुरी रहेको बताउँदै उहाँले संविधान निर्माणमा भूमिका निर्वाह गर्न सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो ।

मुलुकको शान्ति र समृद्धिका लागि दिगो आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै उहाँले संविधान बनाउन सकेमात्र दलको अस्तित्व रहने बताउनुभयो ।

कार्यकर्ता भेटघाटमा उहाँले आफूलाई जिताएर संविधानसभामा पु¥याएको भन्दै क्षेत्र नं २ का मतदातालाई धन्यवाद समेत दिनुभयो । चाँडै संविधान बनाएर देशलाई नयाँ गति दिन मतदाताले श्री नेम्वाङ आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here