किराँत समारोहमा अमेरिका र हङकङबाट सहयोग

0
434

logo-of-purwanchal

दमक,मंसीर १९ ।  किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ तथा गुरुआमा पवित्राहाङमा साँबा लिङ्देन नोमाङगेन्ना मूल समारोह सम्पन्न गर्न अमेरिका तथा हङकङबाट रु एक लाख बढी सहयोग जुटेको छ । किराँत धर्मावलम्बीले त्यस्तो आर्थिक सहयोग गरेका हुन् ।

मूल समारोह समितिका आर्थिक संयोजक कुलबहादुर लावतीका अनुसार अमेरिकाबाट रु एक लाख दुई हजार सहयोग भेटी प्राप्त भएको छ । अमेरिकामा रहेका नोमाङगेन्ना सेवा आर्थिक उपसमिति सदस्य सुमन सुहाङले त्यहाँ रहेका किरात धर्मावलम्बी भक्तजनले चढाएको सहयोग भेटी सङ्कलन गरी मूल समारोह सम्पन्न गर्न प्रदान गरेको आर्थिक संयोजक लावतीले जानकारी दिनुभयो ।

यसैगरी हङकङबाट आर्थिक उपसमितिका सहसंयोजक देउमान आङबुहाङले भक्तजनले चढाएको रु ४५ हजार भेटी मूल समारोह समितिलाई प्रदान गर्नुभएको छ । आर्थिक संयोजक लावतीका अनुसार समारोह सम्पन्न गर्नका लागि विभिन्न ठाउँबाट सहयोग भेटी चढाउने क्रम जारी रहेको छ ।

धर्मगुरुको ६० औँ जन्मोत्सवको उपलक्षमा इलामको बाझोस्थित लारुम्बामा सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन रहेको स्थानीय मदन सिगुले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here