धरानमा सप्तरीका ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु

१० आश्विन २०७७, शनिबार मा प्रकाशित

काठमाडौं,

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सप्तरी राजविराज ३ का ६३ वर्षीय पुरुषको गए राती १० गते साढे १ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

विराट मेडिकल कलेजबाट ज्वरो, खोकी र श्वासप्रश्वासमा कठीन भएर विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको थियो।

उनमा ८ गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। सोही दिन अस्पतालको भेन्टिलेटरमा राखी उपचार शुरू गरिएको थियो। योसँगै अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here