अर्जुनधाराबाट गोरू काट्ने तीन जना पक्राउ

0
718

झापा।

झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान उनीहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी शनिश्चरेको टोली घटना स्थल पुगेको थियो ।

प्रहरीले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ ।

यसैबीच उनीहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तीनै जना विरुद्ध कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here