श्रीमतीलाई जवरजस्ती गर्दा …

0
1043

सुनसरी।

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन् ।

पीडित महिलाको उजुरीका आधारमा काठमाडौ प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित महिलाले आफूमाथि लामो समयदेखि यौन हिंसा गरेको भन्दै आफ्नै श्रीमानविरुद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।

चार वर्षअघि प्रेम विवाह गरेकी पीडित महिलाले श्रीमानविरुद्ध उजुरी दिएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here