अपाङ्गता भएका महिलालाई घरमै सेनेटरी प्याड

११ आश्विन २०७७, आईतवार मा प्रकाशित

माई।

माई नगरपालिका इलामले नगर क्षेत्रभित्रका अपाङ्गता भएका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको छ ।

करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत महिनावारी उमेर समूहका महिलाहरुलाई प्याड निःशुल्क प्रदान गर्न थालिएको हो ।

एकजनालाई मासिक एक प्याकेटका दरले तीन महिनाका लागि पहिलो चरणमा प्याड प्रदान गरिएकोे छ । माई नगरभित्रका एक सय १६ जना अपाङ्गता भएका महिलालाई घर–घरमा पु¥याई सरसफाई र सुरक्षित प्रयोगको जानकारी दिँदै वितरण गरिएको उपमेयर तथा नगरस्तरीय अपाङ्गता समन्वय समितिका संयोजक बिष्णुमाया आचार्यले बताइन् ।

समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सीबीआरएफ)मार्फत सेनेटरी प्याड वितरणको ब्यबस्था गरिएको महिला विकास निरीक्षक जमुना पौड्यालको जानकारी दिइन् ।

आर्थिक बर्ष २०७७/०७८ मा मेयर दीपक कुमार थेवे र करुणा फाउण्डेशन नेपाल इलामका जिल्ला व्यवस्थापक अजीत योञ्जनद्वारा हस्ताक्षरित सम्झौतामा हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत सेनेटरी प्याड खरिद शीर्षकमा तीन लाख ७८ हजार रकम विनियोजन गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here