४१ जनाले गरे रक्तदान

0
605

बिर्तामोड ।

नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा शनिवार बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व महामारीको रुपमा लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण झापामा हुने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको नेवाः पासा मुन पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपेश बैद्यले जानकारी दिए । नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा ११२ औं पटक रक्तदान गर्ने राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडकी सदस्य शर्मिला श्रेष्ठले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेत लगायतले कोरोना भाइरसको संक्रमणको जोखिमका बीच रक्तदान कार्यक्रम आयोजना गरेर मानवताको सेवाका लागि उत्कृष्ट कार्य गरेकोमा नेवाः पासा मुना पुचः बिर्तामोडको प्रशंसा गरेका थिए । कार्यक्रममा ५०औं पटकभन्दा बढी रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा राजकुमार श्रेष्ठ(११२ औं पटक), दीपेश वैद्य (८०औं पटक), सन्तोष अग्रवाल (७९औं पटक), ओमप्रकाश लुइँटेल (७२औं पटक), राजेन्द्रप्रसाद चम्लागाँई (६९औं पटक) रहेका छन् ।
कार्यक्रममा लोकप्रसाद चापागाईले ३०औं, रवीन शाक्यले २१औं र गोविन्द श्रेष्ठले २१औं पटक रक्तदान गरेका थिए ।

बिर्तामोडस्थित इन्द्रेणी व्याङ्क्वेटमा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सोही कार्यक्रममा संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र र संस्थाको लागो अंकित टिसर्ट समेत वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठ, पूर्वअध्यक्ष प्रमेश हलवाई, वीरता जेसीजका पूर्वअध्यक्ष किरण श्रेष्ठ, चेम्वर्स अफ कमर्स झापाका पूर्वअध्यक्ष सन्तोष अग्रवाल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा रक्तदान संयोजक ओमप्रकाश लुइँटेल, विद्यार्थी नेता कृष्ण अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेवाः पासा मुन पुचः बिर्तामोडका सचिव कमल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here