नेपाली साहित्यमा अफ्रिका : सिर्जना र अनुभव

११ आश्विन २०७७, आईतवार मा प्रकाशित

झापा ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले आइतबार “नेपाली साहित्यमा अफ्रिकाः सिर्जना र अनुभव” विषयक अनलाइन अन्तरक्रिया सम्पन्न गरेको छ ।

च्याप्टरका अध्यक्ष गणेश खड्काको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि इजिप्टका लागि नेपाली राजदुत महामहिम झविन्द्र अर्याल थिए । कार्यक्रम च्याप्टरका महासचिव दुर्गा विनयले सञ्चालन गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै च्याप्टरका सल्लाहकार हिक्मत थापाले सम्पूर्ण अतिथि र वक्ताहरुलाई स्वागत गरे । उनले च्याप्टरको गठन सम्बन्धी प्रकाश पारेका थिए । महामहिम राजदुत अर्यालले च्याप्टर गठनप्रति शुभकामना र कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा अफ्रिकासम्बन्धी आख्यान, नियात्रा र गैरआख्यान लेख्नुहुने श्रष्टात्रय, महेशविक्रम शाह, जीवा लामिछाने र रश्मिशेखर सुवेदीलाई वक्ताको रूपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा मशेशविक्रम शाहले वि.सं. २०५० मा संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको रूपमा प्रथम पटक अफ्रिका महादेश पहिलोपटक भ्रमण गरेको बताए । अफ्रिका भ्रमणमा उनले विभिन्न देश भ्रमण गरेर त्यहाँ उपनिवेशीयताले छाडेका कुरीतिहरू, चरम गरिबीहरुलाई कथाको विषय बनाएर लेखिएको बताए । अफ्रिकाका दुःख, संघर्षले आफूलाई अफ्रिका लेख्न प्रेरित गरेको पनि श्रष्टाले उल्लेख गरे ।

आफ्नो प्रकाशित ७ आख्यान पुस्तकमा अफ्रिकासम्बन्धी कथाहरू रहेको जानकारी गराए। केही संस्मरण लेख्ने क्रममा रहेको र भविष्यमा सुडान (डार्फर) सम्बन्धी उपन्यास पनि लेख्ने क्रममा रहेको पनि जानकारी दिए । अफ्रिकाको कुनै देशको विकास यूरोप र अमेरिकासँग दाँज्नेसम्मको रहेको छ भने कुनै देश चरम गरिबीमा छन् । यो विशाल अन्तरलाई नेपाली साहित्यमा लेखिनु पर्दछ भन्ने धारणा उनको भनाई छ ।

स्कूलमा पढ्दा डार्क कन्टिनेन्ट भनेर पढेता पनि अहिले उज्यालोतिर उन्मुख महादेश हो । यो अँध्यारोदेखि उज्यालोतिरको यात्रा पनि नेपाली साहित्यमा आउनुपर्छ भन्ने उनले धारणा व्यक्त गरे ।

कार्यक्रमका अर्का वक्ता जीवा लामिछानेले आफूले सानोछँदा अफ्रिका सम्बन्धी सिमितमात्र अध्ययन गरेको कुरा जानकारी गराए । अफ्रिका महादेश डेभिड लिभिंस्टोनले पत्ता लगाएको र डार्क कन्टिनेन्ट भन्दै पढेको अवगत गए । सन् १९८६ मा अध्ययनको क्रममा रसिया पुगेपछि त्यहाँ अफ्रिकी नागरिकलाई हेर्ने दृष्टिकोण फरक रहेको अनुभव गरे ।

प्रकाशित पुस्तक सरसर्ती संसारमा चार अफ्रिकी मुलुक घुमेको नियात्रा संग्रहित छन् भने नयाँ प्रकाशित पुस्तक देशदेशावरमा रूवाण्डा, तान्जेनिया जस्ता मुलुकहरू घुमेको अनुभव संकलित छन् । आफ्नो नियात्रामा घुमेको ठाउँको भूगोल, त्यहाँको राजनीति, आम मान्छेको रहनसहन लेख्न बढी रूचाउने लामिछाने, घुम्दाखेरी आपूmले गरेको केही अनुभूतिहरु पनि नियात्रामा समेट्ने गरेको अनुभव सुनाए ।

त्यस्तै अर्का वक्ता रश्मिशेखरले आप्mनो प्रकाशित पुस्तकसम्बन्धी धारणा व्यक्त गरे । सन् १९९५ मा लेखिएको भएता पनि २००५ मा मात्र प्रकाशित जोहिना यात्रा–उपन्यासको रचनागर्भबारे उल्लेख गरे । दक्षिण अफ्रिका पुगेपछि त्यहाँको काला र गोरा जातिबिचको भेदभावको इतिहास, नेल्सन मण्डेलाको त्याग र संघर्ष र गरिबी देखेपछि आपूmलाई जोहिना लेख्न मन लागेको बताए । नेपाललाई तुलना गरेर अफ्रिकाको समाजलाई नेपाली साहित्यमा लेखिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली डायस्पोरा अध्येता रामजी तिमल्सिनाको प्रश्नमा महेशविक्रम शाहले आगामी आउने संस्मरण र उपन्यासमा अफ्रिका भेटिएका नेपालीको कथा÷व्यथा लेखिने पनि जानकारी गराए । तिमल्सिनाले अफ्रिकामा बस्ने लेखकहरु तथा डायस्पोरामा बसेर लेख्ने साहित्यकारहरूले आप्mनो भोगाई, अनुभव, आत्मवृत्तान्त लेखिदिए, त्यसले डायस्पोरा अध्ययन गर्ने अध्येताहरुलाई सहयोग हुने धारणा व्यक्त गरे ।

अग्रज साहित्यकार कृष्ण धराबासीले आप्mनो धारणा राख्ने क्रममा लेख्ने शैली÷क्षमता भएकाले अबको अफ्रिका लेखिनुपर्नेमा जोड दिए । त्यस्तै अध्येता केशव सिग्देलले अफ्रिकन राइटर्स असोसिएनका अध्यक्ष बेन्जा अब्दुल्लाहसँग कुरा गरेर नाइजेरियाका केही छानिएका कविताहरुलाई नेपालीमा अनुवाद गरिएको छ जानकारी गराए ।

अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास अफ्रिका च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रम गरेकोमा हार्दिक आभार व्यक्त गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here