इसिएफको सातौं साधारणसभा सम्पन्न, घिसिङको अध्यक्षतामा १५ सदस्यीय समिति चयन

0
410

विर्तामोड ।

वातावरण संरक्षण मञ्च नेपालको सातौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हैकम घिसिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रमेश राजवंशी, नविन कोइराला र प्रतिष्ठा भूर्तेल चयन भएका छन्।

संस्थाको महासचिवमा कुलदिप भेटवाल निर्विरोध चयन भएका छन्। सचिवहरुमा सत्यम चौधरी, प्रतिक बज्राचार्य, गायत्री राजवंशी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा पुजा थापा मगर चयन भएकी छिन्। संस्थाको सदस्यहरुमा प्रमानन्द राजवंशी, दिलिप चन्द, दिनेश थापा, श्रीजु महर्जन, जीवन शर्मा र कञ्चन तामाङ चयन भएका हुन् ।

भर्चुअल प्रविधिको प्रयोग र भौतिक उपस्थितिमा सम्पन्न भएको साधारणसभामा नेफिन झापाका सचिव विरेन मेचेको प्रमुख आतिथ्यता रहेको थियो भने गोल्डेनगेट इन्टरनेशनल कलेजका लेक्चरर तथा पिएचडी स्कलर दिपक खड्काको विशेष उपस्थिति रहेको थियो ।

वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, जलवायु अनुकुलन, वृक्षारोपण तथा जनचेतनामुलक कार्यक्रम संचालन गरी आम जनमानसमा सचेतना जगाउने मुख्य उद्देश्य रहेको संस्थाले अब अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने मन्चका नव नियुक्त महासचिव कुलदीप भेटवालले जानकारी दिए ।

विगतमा झापा जिल्लामा मात्र कार्यक्षेत्र भएको इसिएफले रास्ट्रिय रुप धारण गर्दै अब नेपालभरी वातावरण सम्बन्धी कार्यक्रम तथा परियोजना संचालन गर्ने मन्चका अध्यक्ष हैकम घिसिङले बताए । उनले सातौं अधिवेशनबाट आफू लगायत टीमलाई सर्वसम्मत रुपमा चयन गराएकोमा सम्पूर्ण साधारण सदस्यहरुमा धन्यवाद ज्ञापन गरे । इसिफलाई वातावरण संरक्षणको क्षेत्रमा अब्बल संस्थाको रुपमा स्थापित गरेर छोड्ने उनले प्रतिबद्दता जनाए ।

स्वागत मन्तव्य रमेश राजवंशीले राखेको कार्यक्रममा आर्थिक प्रतिवेदन सत्यम चौधरीले वाचन गरेका थिए भने कार्यक्रमको संचालन नविन कोइरालाले गरेका थिए। साधारण सभामा झापा, मोरङ्ग, काठमाडौँ, ललितपुर, दाङ, सल्यान लगायतका जिल्लाबाट साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here