कारागारमा कोरोना संक्रमण फैलन नदिन झापा बारको सरकारलाई आग्रह

0
1023

झिलझिले ।

नेपाल बार एशोसिएशन र मानवअधिकार तथा जनसरोकार समितिले झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने बताएको छ ।

केहि दिन अघि मात्र जिल्ला कारागारमा १७ जनाको स्वाव संकलन गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएपछि एशोसिएशन र मानव अधिकार तथा जन सरोकार समितिले गम्भिर चासो राख्दै आईतबार एक विज्ञप्ती प्रकाशीत गरेर सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो । झापा कारागारका १० जना कैदि बन्दी र २ जना प्रशासनका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव भिम बराल र मानवअधिकार तथा जन सरोकार समितिकी संयोजक यज्ञलक्ष्मी चौलागाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा झापा वार संवैधानिक सर्वोच्चता, विधीको शासन, मानवअधिकार एवं प्रेस स्वतन्त्रताको पक्षमा क्रियाशील रही आएको स्मरण गराएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभाव अत्याधिक रुपमा नेपालमा बढिरहेको वर्तमान परिप्रेक्ष्यमा झापा कारागारका १० जना कैदी बन्दीमा कोरोना संक्रमित पुष्टि भएपछि बार इकाइ र मानवअधिकार तथा जन सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

कारागारमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य सम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदी बन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । संक्रमितलाई आवश्यक्ता अनुसार क्वारेन्टिन, आइसोलेशन तथा अन्य सुरक्षात्मक उपायहरूको व्यवस्थापन गर्न पनि सरकारसंग माग गरिएको छ ।

कैदी बन्दीहरुको बाच्न पाउने नैसर्गिक हक समेतको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउन विज्ञप्ती मार्फत कारागार प्रशासनसंग झापा वारले माग गरेको छ ।

झापा कारागारका संक्रमितलाई मेची प्रादेशिक अस्पताल भद्रपुरको आईशोलेसनमा राखिएको छ । उनिहरुको त्यहि उपचार भईरहेको नेपाल वार एशोसिएशन झापा ईकाईका सचिव बरालले बताए । समाचार श्रोतका अनुसार कारागार भित्रका सयौ कैदी बन्दीलाई ज्वरो आएको छ । तर, कारागार प्रशासनले भने यसको स्वतन्त्र रुपमा पुष्टी गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here