घिमिरे अमेरिकी राष्ट्रपतिबाट सम्मानित

0
429

विगत दुई दशकदेखि अमेरिकामा बस्दै आएका समाजसेवी बाला घिमिरे अमेरिकी राष्ट्रपति स्वंयम सेवक अवार्डबाट सम्मानित भएका छन् ।
अर्घाखाँची जन्मथलो भएका घिमिरेलाई समुदाय र राष्ट्रको समाजसेवामा योगदान गरेबापत अमेरिकी राष्ट्रपति बाराक ओवामाले सम्मान गरेका हुन् । राष्ट्रपति ओबामाको प्रसंशाले आफूलाई निकै खुशी तुल्याएको बालाले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाद्वारा हस्ताक्षरित हवाईट हाउसबाट जारी पत्रअनुसार घिमिरेलाई  समुदाय र राष्ट्रको समाजसेवामा  योगदान गरेबापत उक्त सम्मान गरिएको हो । सम्मान पत्रमा राष्ट्रपति ओबामाले अमेरिकी जनता, अमेरिका र सम्पूर्ण विश्वका लागि हरेक अमेरिकी जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै घिमिरेको समुदाय प्रतिको योगदानले अमेरिका आफनो वाचाहरु पूरा गर्न अरु नजिक पुगेको उल्लेख गरेका छन् ।
त्यसैगरी च्यानल १९ र ३५ मा प्रसारण केवल टेलिभिजन कार्यक्रम एसियन क्रोनिकल युएसले समाजसेवामा सक्रिय भएकै कारण घिमिरेलाई ुएसियाली  उदारहणीय नागरिक सेवा अवार्ड २०१३ु ले सम्मानित गरेको छ ।
घिमिरे सामाजिक कामले अमेरिकावासी नेपालीमाझ निकै चर्चित र सम्मानित छन्  । घिमिरे सिकागो सहरमा नेपाली मौलिकता,संस्कृति र स्वादको पहिचानसहित रेष्टुरेन्ट सञ्चालन गरेर व्यवसायिक रुपमा समेत सफल र अनुकरणीय मानिन्छन् ।
उनी सामाजिक योगदानमा अब्बल ठहरिए वापत अमेरिका सरकारका स्थानीय निकाय र विभन्न सामाजिक संघसंस्थाबाट विभिन्न पुरस्कार र सम्मान पाउने व्यक्ति पनि हुन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरुका विभिन्न प्रतिष्ठित संस्थाहरुको नेतृत्वमा रहेका र नेपालीहरुवीच सदभाव, सहकार्य र एकता स्थापना गर्न घिमिरे सदैव सक्रिय र समर्पित देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here