झापाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

१२ आश्विन २०७७, सोमबार मा प्रकाशित

झापा ।

झापाका थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

गौरादह–१ बस्ने ५१ वर्षीय पुरुषको दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो । श्वासप्रश्वासमा समस्या भएको भन्दै ती पुरुषलाई असोज ३ गते शनिबार उपचारका लागि नोबेल ल्याइएको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएपछि तत्काल अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

आइसोलेसनमै उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको उनले दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here