मेचीनगरमा थपिए दुईजना संक्रमित

0
364

काँकडभिट्टा,

झापाको मेचीनगरमा बुधबार नोवल कोरोना भाईरस कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् ।

निमित्त नगर प्रमुख नवीन वरालका अनुसार मेचीनगर १० का ४० वर्षीय र १३ का २५ वर्षीय पुरूषमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।

२४ वर्षीय पुरूष काँकडभिट्टाको होटल क्वारेन्टाइन र ४० वर्षीय पुरूष धुलावारीिस्थत अतिथि सदनमा बसेका थिए ।

पीसीआर परीक्षणकालागि दुवैजनाको नमूना संकलन गरि प्रयोगशाला पठाईएको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको निमित्त प्रमुख बरालले बताउनुभयो ।

दुवैलाई मेचीनगर–११ स्थित धाईजनमा रहेको आईसोलेसनमा राख्ने तयारी भएको वरालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here