आईपीएलको सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

0
906

मोरङ।

मोरङको विराटनगरबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–१५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर–१७ का ४२ बर्षीय जगदिश साह रहेका छन् ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सूचना पाईपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, एक थान ल्याप्टप, तीन थान मोबाईल र एक थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुन टिमको हारजीत हुन्छ भनेर बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीे जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here