सुनसरी।

सुनसरीको हरिनगरा–४ का ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
उनले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।
पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































