बेपत्ता महिला मृत अवस्थामा फेला

0
841

खोटाङ ।

खोटाङको केपिलासगढी–२ कुदुङकी ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् ।

घरबाटै हराएको भनि आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here