मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक (भिडियो सहित)

0
693

झापा । गायक सत्यप्रकाश लिम्बू र गायिका मेलिना राईको युगल गीत ‘माया सुस्तरी ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजा मावोको शब्द रचना रहेको गीतको संगीत विनोद खम्बूको छ ।

एक बर्ष अघि आरवी स्टुडियो काठमाडौंमा रेकर्ड गरिको गीतको म्युजिक भिडियो मलेसियाबाट बनेको हो । यो गीत गायक लिम्बूको नयाँ एल्वम परिवेशमा समेटिएको छ ।

धनकुटा हाल मलेसियामा रहेका नेपाली कलाकार जीवन राईको टोलीले निर्माण गरेको म्यूजिक भिडियोमा जीवन राई र शुसिला तामाङको अभिनय छ । म्यूजिक भिडियोको छायाङ्कन मलेसियाको विभिन्न रमणीय स्थानमा गरिएको रोमान्टिक गीतको म्यूजिक भिडियो अत्यन्तै उत्कृष्ट बनेको गायक लिम्बूले बताए । यो गीत पवित्रा टिभीको युटुप मार्फत सार्वजनिक गरिएको हो ।

झापा बुद्धशान्ति गाउँपालिका–४ गुँरासबस्ती बस्तीमा हाल बसोवास गर्दै आएका गायक लिम्बूले यस अघि देउता नामक एल्वम बजारमा ल्याएका थिए । उक्त एल्वममा आठ वटा गीत समेटिएको थियो ।

त्यसमध्ये मन्दिरमा बस्ने पत्थरको देउता नामक गीतले उनलाई नेपाली स्रोताले चिन्ने मौका पाएका थिए । उक्त गीतको म्यूजिक भिडियो पनि युटुवमा दर्शकले राम्रै रुचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here